अबको युग डिजिटल युग हो, त्यसैले online marketing का आधारभूत सिद्धान्त कुनै भरपर्दो mentor बाट जानेर समयको बहावसँगै बहन सकेको खण्डमा सन्तोषको सास फेर्न सकिन्छ।
सन् २०१९ मध्यतिरको तथ्यांक अनुसार फेसबुक प्रयोगकर्ताको आँकडा विश्वमा २.४ अर्ब नाघिसकेको छ। अनि नेपालमा करिब १ करोड जनसंख्या यो सामाजिक सञ्जालमा सक्रिय देखिन्छन्। फेसबुकमा समय व्यतित गर्नु प्रत्येक उमेरसमुहका व्यक्तिहरुको नित्यकर्म बनिसक्यो। सिक्काका दुईपाटा भएजस्तै यो वेबसाइटले मानब जीवनमा प्रत्यक्ष तथा परोक्ष असर पारिरिरहेको छ। अझ गहिरिएर केलाउने हो भने गुण अबगुण केलाई अंगिकार गर्ने कुरो प्रयोगकर्तामा भर पर्ने बिषय भयो। यसका दोषहरुलाई नियाल्ने हो भने यसका कारण : 👉️ व्यक्तिगत सम्बन्धमा दरार 👉️ उत्पादकत्वमा ह्रास 👉️ cyberbullying,hacking जस्ता cybercrimeमा तिब्रता 👉️ च्याटमा प्रयोग हुने spelling र grammar ले भाषामा विकृति 👉️ हिँड्दै,सवारी साधन चलाईरहेको अवस्थामा समेत यसमै तल्लिन रहँदा दुर्घटनाको शिकार 👉️ परिवार समाजसँग घुलमिल हुनमा कमी 👉️ Spam र scam बढ्दै 👉️ आफ्नो दायित्व अनि कर्तब्य बिर्सिएर फेसबुकमै अादी हुँदै आईरहेको देखिन्छ भने यसका गुणहरुलाई पनि कदापि बेवास्ता गर्न सकिन्न। 👉️ प्रबिधि बिशेषगरि फेसबुकले संसारलाई नै glo...